PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा, एक छोरा तीन छोरी जन्मिए



पहिलोपोस्ट

स्याङ्जाकी सुनिताले जन्माइन् चम्ल्याहा, एक छोरा तीन छोरी जन्मिए
फोटोः खिम लामिछाने

काठमाडौं: स्याङ्जाको पुतलीबजार-१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा सन्तान जन्म दिएकी छन्।

पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार बिहान उनले शल्यक्रियाबाट एकैपटक चारवटा बच्चा जन्माएकी हुन्।  

उनको शल्यक्रिया अस्पतालका डा. महेन्द्रराज पाण्डेको टिमले गरेको हो।

उनले पहिलो सन्तान छोरी १ किलो ६ सय किलोग्रामकी छन्।  दोश्रो छोरा एक किलो ३ सय ग्राम, तेश्रो छोरी १ किलोग्राम ३ सय ग्राम र चौथो छोरी १ किलो ४ सय ग्राम वजनकी छन्।  

चारै शिशुको अवस्था सामान्य भएपनि तौल कम भएकाले उनीहरुलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ। सुनिताको चम्ल्याहा सन्तान अघि एक छोरा छन्।

यसअघि गत असोजमा काठमाडौं मेडिकल कलेजमा खगित्रा शाहीले एकैसाथ चार सन्तान जन्माएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell