PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

मन्त्री बास्कोटाले सोधे : भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्याउनुहुन्छ?



पहिलोपोस्ट

मन्त्री बास्कोटाले सोधे : भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्याउनुहुन्छ?

काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको कुरा सत्य नभएको दावी गरेका छन्।

उनले सरकारको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा ज्यान मार्ने धम्की आयो भन्ने पत्यार लाग्छ र? भन्दै प्रश्न गरे।

सहरी विकासमन्त्री समेत रहेका बास्कोटाले भने, ‘भीम रावलज्यूको ज्यान मार्ने धम्की बालुवाटारबाट आयो भन्ने तपाईलाई पत्यार लाग्छ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र? कसैको ज्यानै लिने। ज्यान मार्ने धम्कीको सत्यता पनि छैन हुँदा पनि होइन।’

उनले ज्यानै मार्ने धम्की आएको भएपनि यो नम्बरबाट फोन आयो भनेर जानकारी दिनुपर्ने पनि बताए।

प्रधानन्त्री पनि नेकपाकै र भीम रावल नेकपाकै नेता भएको बताउँदै उनले रावललाई सरकारले सुरक्षाकर्मी पनि उपलब्ध गराइरहेको स्मरण गराए।

‘प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन,’ उनले भने।

केही दिनअघि बालुवाटारबाट रावललाई ज्यान मार्ने धम्की आएको विषय बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell