PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

एक्काइस दिनभित्र अदालतमा उपस्थित हुन मेडिकल कलेज सञ्चालक प्रसाईलाई काटियो पत्र



पहिलोपोस्ट

एक्काइस दिनभित्र अदालतमा उपस्थित हुन मेडिकल कलेज सञ्चालक प्रसाईलाई काटियो पत्र

काठमाडौं : झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित हुन पत्र काटिएको छ। जिल्ला अदालत काठमाडौंले २१ दिनभित्र उनलाई अदालतमा उपस्थित हुन पत्र काटेको हो।

प्रसाईंले केही दिनअघि पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजको सम्बन्ध प्राप्त गर्नेको लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए। त्यसपछि उपाध्यक्ष गिरीले अदालतमा गाली बेइजतीको उजुरी लिएर पुगेका थिए।

'उजुरी परेपछि उहाँलाई जवाफ सहित उपस्थित हुन पत्र काटिएको हो,' काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले भने।

त्यसो त जिल्ला प्रहरी कार्यालय भक्तपुरमा पनि प्रसाई विरुद्ध उजुरी परेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।। बिहीवार प्रहरी प्रसाईंको घरमा पुगेको पनि थियो।

'उजुरी परेपछि अनुसन्धान त गर्नु पर्‍यो। त्यसको शिलशिलामा उहाँसँग भेट हुनुपर्‍यो,' जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी दीपक गिरीले पहिलोपोस्टसँग भने। प्रसाईंलाई घरमा नभेटेपछि प्रहरी फर्किएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell