PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ट्यांकरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु



रासस

ट्यांकरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

सुरुङ्गा : ट्यांकरले ठक्कर दिँदा झापामा आज एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको हो।

मृतकको बतन भने खुल्न सकेको छैन। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट्यांकरले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। 

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell