PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

ए डिभिजन लिगमा सातौ‌ँ चरणका खेल शुरु : आज मछिन्द्र र हिमालयन शेर्पा भिड्ने



पहिलोपोस्ट

ए डिभिजन लिगमा सातौ‌ँ चरणका खेल शुरु : आज मछिन्द्र र हिमालयन शेर्पा भिड्ने

 काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजबाट शुरु हुँदैछन्।

आज हुने खेलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ। यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ। मछिन्द्रले चार खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको छ।

अर्कोतर्फ हिमालयन शेर्पा क्लब लिगको पुछारबाट दोस्रो स्थानमा छ। १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अङ्क जोडेको छ।

 तालिकाको दोस्रो स्थानमा १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब छ भने साविक विजेता मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ। मनाङ्को १२ अङ्क छ। त्यस्तै १० अङ्क जोडेको थ्री स्टार क्लब चौथो, ९ अङ्क जोडेको जावलाखेल क्लब पाँचौँ, ८ अङ्क जोडेको न्यूरोड टिम (एनआरटी) छैटौं, समान ८ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा ८ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठौं स्थानमा छ।

त्यस्तै ७ अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, ६ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, ५ अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघारौँ, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ। जारी लिगमा एक अङ्क मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell