PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

भर्खरै बनेको दशरथ रंगशाला हिलाम्य, लिगको खेल एन्फा ग्राउन्डमा



पहिलोपोस्ट

भर्खरै बनेको दशरथ रंगशाला हिलाम्य, लिगको खेल एन्फा ग्राउन्डमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको आज हुने तय भएको मछिन्द्र क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल स्थान एन्फाले परिवर्तन गरेको छ।

आज दिउँसो ३ बजे दशरथ रंगशालामा खेल हुने तय थियो। तर एन्फाले आजै एउटा सूचना निकाल्दै खेल स्थल परिवर्तन भएको जनाएको हो। एन्फाका अनुसार 'हेभि रेन' का कारण खेलस्थल परिवर्तन गरिएको हो। अब खेल सोही समयमा सातदोबाटोस्थित एन्फा ग्राउन्डमा हुनेछ।

यसअघि पनि दशरथ रंगशालामा तय भएका खेलहरु वर्षाले प्रभावित बन्दै आएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell