PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता : छलफलमा दुई आयोग



पहिलोपोस्ट

बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेता : छलफलमा दुई आयोग

काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष तथा केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा सहभागी छन्।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन गठित यी दुई आयोग गत चैतदेखि पदाधिकारीविहीन छन्। सरकारले गत चैतमा पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

समितिले मंसिर पहिलो साता दरखास्त आहृवान गरेका ६१ उम्मेद्वारको सूची सार्वजनिक गरेको थियो। तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन। यसअघि प्रचण्ड र देउवाबीच यस विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell