PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सौराहा जाँदै गरेको पर्यटक बस दुर्घटना, २१ चिनियाँसहित ३३ जना घाइते



रासस

सौराहा जाँदै गरेको पर्यटक बस दुर्घटना, २१ चिनियाँसहित ३३ जना घाइते

चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११:१५ बजे ठक्कर दिएको थियो। दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२ र घरमा रहेका एक महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पर्यटक सौराहा जान आउँदै गरेको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell