PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

द्वन्द्व पीडित देवी सुनार भन्छिन् : प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्रलाई मुद्धा हाल्छु



पहिलोपोस्ट

द्वन्द्व पीडित देवी सुनार भन्छिन् : प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्रलाई मुद्धा हाल्छु

काठमाडौं : द्वन्द्व पीडित देवी सुनुवारले पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध मुद्दा हाल्ने बताएकी छिन्।

मुक्तिनाथ अधिकारीको १८ औं वार्षिक स्मृतिसभामा उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर, प्रधानमन्त्री केपी ओली र पूर्ब राजा ज्ञानेन्द्र शाह पनि अपराधी भएको भन्दै मुद्दा हाल्ने बताइन्।

'मेरी छोरी मार्न निर्देशन दिने ज्ञानेन्द्र हो उनको बिरुद्ध मुद्दा हाल्छु म,' उनले भनिन्।

द्वन्द्व पीडितको समस्या समाधान नगरे चाँडै अन्तर्राष्ट्रिय अदालत जाने उनले चुनौती दिइन्।

यस्तै, अर्का द्वन्द्व पीडित मैना कार्कीले - ५ हजार प्रचन्डले मारेको भए अरु कसले मारेको भन्ने प्रश्न गरिन्? प्रचन्डले गैर जिम्मेवार अभिव्यक्ति दिएको उनको तर्क थियो।

'सानो कुनै प्राणी मारे त त्यत्रो अपराध हुन्छ भने प्रचन्ड कतिको अपराधी हो? उ किन बाहिर?,' कार्कीले भनिन्।

पूर्व सभामुख दमनाथ ढुंगानाले सरकारले सरकारले छानबिन अयोग गठनमा षड्यन्त्र गरेको आरोप लगाए। यस्तै मुक्तिनाथ अधिकारी प्रतिष्ठानका सचिव सुमन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रगतले नछुने आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell