PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

रोकियो मछिन्द्रको अपराजित यात्रा, हिमालयन शेर्पा क्लबसँग पराजित



पहिलोपोस्ट

रोकियो मछिन्द्रको अपराजित यात्रा, हिमालयन शेर्पा क्लबसँग पराजित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको आज भएको सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ। जारी प्रतियोगितामै पहिलो पहिलो जित निकाल्न शेर्पा क्लबले शीर्ष स्थानको मछिन्द्र क्लबलाई हरायो।

लगातारको वर्षादका कारण दशरथ रंगशाला खेल्न अयोग्य भएपछि एन्फा कम्लेक्समा सरेको खेलमा शेर्पा क्लबले २-० को सहज जित निकाल्यो।

खेलको पहिलो मिनेटमै मछिन्द्र क्लबका डिफेन्डर पिटर सेगनले हेडिङमार्फत गोल क्लियर गर्न खोज्दा गोल भएको थियो। पहिलो मिनेटमै आत्मघाती गोलमार्फत अग्रता बनाएको हिमालयन शेर्पाले २० औं मिनेटमा अर्को गोल थप्यो। निरज बस्नेतले प्रहार गरेको फ्रिकिक विजय श्रेष्ठले हेडिङ गर्दै शेर्पाका लागि दोस्रो गोल गरेका थिए।

जितसँगै ७ खेल खेलेर ४ बराबरी र १ जित निकालेको हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ भने मछिन्द्र शीर्षस्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell