PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माघे झरीले पार्‍यो निथ्रुक्कै : कठ्याङ्ग्रिँदो चिसोमा हेर्नुस् अनवरत वर्षा

माघे झरीले पार्‍यो निथ्रुक्कै : कठ्याङ्ग्रिँदो चिसोमा हेर्नुस् अनवरत वर्षा

प्रवीण रानाभाट/पहिलोपोस्ट


माघको ठन्डी, त्यसमाथि वर्षा! हिमाली भेगमा हिउँ। हिजोदेखि लगातारको वर्षाले सबैतिरको जनजीवन प्रभावित बनेको छ। काठमाडौंका सडकमा गाडी पातलिए, मानिसहरुको गतिविधि पनि खुम्चियो। वाध्यताबाहेक कोही पनि यो चिसोमा बाहिर निस्किने कुरै रहेन।

हिउँदमा पानी पर्दा बालीनालीका लागि निक्कै राम्रो हुने गर्छ। तर, जनजीवन चाहिँ पूरे कष्टकर। 'माघे झरी' शब्द प्रचलनमा रहे पनि लगातार वर्षा भने धेरै पछि यसरी भएको हो - माघमै। लगातारको वर्षाले नदीमा पानीको बहाब केही थपिएको छ। चितवन - नारायणगढ खण्डमा पहिरो पनि गएको छ। माघे झरीले निरन्तरता पायो भने अनिष्ट खबर पनि थपिन सक्छ।

यो चिसोमा वर्षाले कस्तो असर पारिरहेको छ त। क्यामराको लेन्सबाट माघे झरीलाई हेर्दा काठमाडौंको दृष्यहरु यस्तो देखियो हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell