PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप मार्च ५ देखि पोखरामा



पहिलोपोस्ट

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप मार्च ५ देखि पोखरामा

काठमाडौं : नेपाल सितोरियो कराँते डो संघले नेपाल भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप पोखरामा आयोजना गर्ने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी दिए। करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराँते डो संघका अध्यक्ष दावा गुरुङले बताए। सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ विधामा प्रतिस्पर्धा हुने छ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने उनले धारणा व्यक्त गरे। प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell