PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

‘ब्याचलर पार्टी’को मस्तीमा प्रियंका



पहिलोपोस्ट

‘ब्याचलर पार्टी’को मस्तीमा प्रियंका

काठमाडौं : अभिनेत्री प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन्। उनी आफ्ना निकटका केही साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेकी हुन्।

अहिले सामाजिक सञ्जालमा प्रियंकाको ‘ब्याचलर पार्टी’ले निकै चर्चा पाइरहेको छ। त्यसो त प्रियंकाले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्विरहरु इन्स्टाग्राम तथा फेसबुकको स्टोरीमा सेयर गरेकी छिन्। सार्वजनिक तस्विरमा प्रियंका र उनका साथीहरु बिकिनीमा देखिएका छन्।

 

थाइल्यान्डमा ब्याचलर पार्टी मनाइरहेकी प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्न लागेकी छिन्। तर विवाह कहिले हुन्छ भन्ने बारे उनले खुलाएकी छैनन्।

 

उनले करिब डेढ वर्षअघि प्रेमी आयुष्मानसँग इन्गेजमेन्ट गरेकी थिइन्। तर लामो समयसम्म पनि विवाह नहुँदा सामाजिक सञ्जालमा उनीहरुको सम्बन्धमा खटपट आएको चर्चा पनि चलेको थियो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell