PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शहीद स्मारक लिगमा आज दुई खेल : शीर्ष स्थानको होडमा मनाङ र थ्री स्टार



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : शीर्ष स्थानको होडमा मनाङ र थ्री स्टार

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुँदैछ। अंकतालिकामा ९ अंकसहित जावलाखेल पाँचौं स्थानमा छ। आजको खेल जितेको खण्डमा उसको तेस्रो स्थानसम्म उक्लने सम्भावना रहन्छ। अर्कोतर्फ नेपाल पुलिस क्लब ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ। पुलिसले जित निकालेको खण्डमा तालिकाको चौँथो स्थानमा उक्लने छ।

आज नै हुने दोस्रो खेलमा शीर्षस्थानको होडमा रहेका मनाङले थ्री स्टार क्लबको सामना गर्नेछ। शुक्रबार भएको खेलमा शीर्षस्थानको मछिन्द्र पराजित भएसँगै मनाङलाई अंकतालिकामा माथि उक्लने अवसर मिल्नेछ। मनाङको १२ अंक छ भने मछिन्द्र र आर्मीको १३ अंक छ। यता १० अंक जोडेको थ्रीस्टार क्लबले जित निकालेको खण्डमा उसको पनि १३ अंक हुनेछ। अर्थात शीर्ष ३ टिमहरुको समान १३ अंक हुनेछ।

आजको पहिलो खेल एन्फा कम्लेक्सा सातदोबाटोमा र दोस्रो खेल दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell