PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसारका खतरनाक 'लेडी डन', जसले अपराधको दुनियाँबाट कमाए अर्बौं सम्पत्ति



पहिलोपोस्ट

संसारका खतरनाक 'लेडी डन', जसले अपराधको दुनियाँबाट कमाए अर्बौं सम्पत्ति

काठमाडौं : ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ। तर अपराधको दुनियाँमा यस्ता खुंखार 'लेडी डन' हरू पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ। यी लेडी डनहरूले अपराधिक सञ्जालबाट अर्बौं रूपैयाँसमेत कमाएका छन्।

 न्युजवान डटकम, रिचेस्ट डटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडी डनहरूका बारेमा भर्खरै रिपोर्टहरू प्रकाशित गरेका छन्।

 सेन्ड्रा अबिला बेलट्रेन, मेक्सिको

सेन्ड्रासँग कुल १०० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ। उनी मेक्सिकोमा चर्चित लागूऔषध कारोबारीका रूपमा चिनिन्छिन्। यसबाहेक उनीमाथि गैरकानुनी हतियार ओसारपसार गर्ने आरोप पनि लागेको छ। उनले दुईपटक बिहे गरिसकेकी छन् र दुवैपटक उनका पतिको हत्या भएको छ। उनको छोराको अपहरण पनि भएको थियो। त्यसबाट छुटाउन उनले ५० लाख डलर अपहरणकारीलाई बुझाउनु परेको थियो । अहिले सेन्ड्रा विभिन्न आरोपहरूमा जेलमा छिन्।

 क्लाउडिया ओछाओ फेलिक्स, मेक्सिको

क्लाउडियालाई संगठित अपराधको किम क्यादर्सनका रुपमा पनि चिनिन्छ। आकर्षक शरीर भएका कारण उनलाई टीभी एङ्कर क्यादर्सनसँग तुलना गरिएको हो। उनी अपराधिक संसारमा जस्तै ग्ल्यामरस छविका कारण पनि उत्तिकै चर्चित छिन्। उनलाई लस एम्ट्रेस ग्रुपको लिडर भनिन्छ, जुन मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक समुह हो। पैसा लिएर अपहरण र हत्याका साथै यो समुहले हातहतियारको पनि कारोबार गर्छ। उनी तीन सन्तानकी आमा हुन् भने उनीसँग पनि एक अर्ब डलर बराबरको सम्पत्ति छ।

 लिसेट ली, दक्षिण कोरिया

लिसेट दक्षिण कोरियाकी लागूऔषध कारोबारी हुन्। उनीसँग ५० लाख डलर बराबरको सम्पत्ति छ। लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहेकी उनको सम्बन्ध संसारका चर्चित अपराधीहरूसँग छ। उनलाई सन् २०१० मा लागूऔषधको कारोबार गरिरहेका बेला साढे तीन करोड डलर बराबरको सामग्रीसहित पक्राउ गरिएको थियो। पक्राउपछि उनी ६ वर्षका लागि जेल चलान भएकी थिइन्।

 ग्रिसेल्डा ब्लेको, कोलम्बिया

सबैभन्दा बढि सम्पत्ति हुने ग्याङ्स्टरको सूचीमा उनी एक नम्बरमा आउँछिन्। ग्रिसेल्डलाई कोकिन क्वीनका रूपमा पनि चिनिन्छ। उनीसँग १३०० करोड डलर बराबरको सम्पत्ति थियो। उनको अपराधको केन्द्र भने साउथ अमेरिका हो। तर उनले विश्वका कैयौ देशमा आफ्नो धन्दा फैलाएकी थिइन्। उनको २०१२ मा ६८ वर्षको उमेरमा मृत्यु भइसकेको छ।

 अना ग्रिस्टना, अमेरिका

अना २०१२ मा चर्चित भइन्, जब उनलाई हाइक्लास सेक्स र्‍याकेट सञ्चालन गरेको आरोपमा पक्राउ गरियो। उनीसँग १०० करोड डलर बराबरको सम्पत्ति छ। उनले आफ्नो र्‍याकेटमा प्लेबोय र पेन्टाहाउसका मोडेलहरूलाई पनि प्रयोग गरेकी थिइन्।

 थेल्मा राइट, अमेरिका

थेल्मा लागूऔषधका सबैभन्दा ठूला कारोबारी ज्याकरकी श्रीमती हुन्। उनको मासिक कमाइ साढे दुई करोड डलर हुने गरेको बताइन्छ। सन् १९८६ मा ज्याकरको मृत्यु भएपछि सबै धन्दा थेल्माले हेर्न थालेकी हुन्।

 लियोना मिन्डी रोवट हेमस्ले, अमेरिका

उनीसँग ८०० करोड डलर बराबरको सम्पत्ति छ। उनी चर्चित व्यवसायी थिइन् तर उनलाई कर छलीको आरोप लाग्यो। उनको रियल स्टेट व्यवसाय थियो। उनले अमेरिकामा २३ वटा होटलको चेनसमेत बनाएकी थिइन। उनी आपराधिक क्रियाकलापमा पनि संलग्न भएको पाइएपछि १६ वर्ष जेल बसिन्। २००७ मा हृदयघातका कारण उनको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell