PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नेकपा र काँग्रेसलाई बाँडफाँड, को- को परे सिफारिसमा?



कुञ्जरमणि भट्टराई

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नेकपा र काँग्रेसलाई बाँडफाँड, को- को परे सिफारिसमा?

काठमाडौं  : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिले नाम बुझाएको छ। 

पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले दुवै आयोगका पदाधिकारी सिफारिस गरेको हो। समितिले शनिबार कानुनमन्त्री भानुभक्त ढकाललाई प्रतिवेदनसहित सिफारिस गरेको हो। शुक्रबार र शनिबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ‌ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतबीच बालुवाटारमा छलफल भएको थियो। त्यसपछि बसेको समितिको बैठकले पदाधिकारी सिफारिस गरेको हो। 

सत्य निरुपणको अध्यक्ष काँग्रेसलाई, बेपत्ताको नेकपालाई

सत्य निरुपणको अध्यक्षमा कांग्रेसका तर्फबाट डा. गणेशदत्त भट्ट चयन भएका छन्। भट्ट त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुन्। हाल नेपाल ल क्याम्पसमा आवद्ध छन्। संवैधानिक कानुनका जानकारका रुपमा उनी चिनिन्छन्। 

यस्तै सदस्यहरुमा प्रचण्डराज प्रधान कांग्रेसको कोटामा सिफारिस भएका छन्। नेकपाको कोटामा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिसमा परेका छन्। 

बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी सिफारिसमा परेका छन्। सुवेदी उच्च अदातलबाट अवकाशप्राप्त न्यायाधीश हुन्। उनी सरकारी वकिल समूहका विशिष्ठ श्रेणीका पूर्व कर्मचारी पनि हुन्। 

सदस्यमा नेकपाबाट विश्वप्रकाश भण्डारी र अन्य सदस्यमा कांग्रेसका तर्फबाट सुनीलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ।

दुवै समितिमा एक-एक अध्यक्ष र चार-चार जना सदस्य सिफारिस गरिएको हो।  आवेदन दिएका ६१ जनाबाट १० जना  सिफारिस गरिएको समितिले जनाएको छ। समितिले दश महिनापछि पदाधिकारी सिफारिस गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell