PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न राजपाको ह्विप



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न राजपाको ह्विप
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न ह्विप जारी गरेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिवार बसेको बैठकपछि ह्विप जारी गरेका हुन्।

राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ। प्रदेश २ मा रिक्त चार स्थानमध्ये राजपा र नेकपाबीच दुई/दुई स्थानका लागि चुनावी तालमेल भएको छ।

निर्वाचनमा अन्यमा राजपाका म‌ृगेन्द्र कुमार सिंह यादव र अल्पसंख्यकमा शेखर कुमार सिंह छन्। त्यस्तै नेकपाबाट  महिलामा तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान उम्मेद्वार बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell