PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

राष्ट्रहितमा हुने गरी एमसिसी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ



रासस

राष्ट्रहितमा हुने गरी एमसिसी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ
फोटो : रासस।

गलेश्वर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले अनुमोदन गर्ने बताएका छन्। राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका हुन्।

सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए। यसअघि आज बिहान प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले एमसिसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell