PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

इपिएल : आर्सनल बराबरीमा रोकियो



पहिलोपोस्ट

इपिएल : आर्सनल बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सन र सेफिल्ड युनाइटेड बराबरीमा रोकिएका छन्। घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै आर्सनलले अंक बाँडेको हो।

खेलको ४५ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अगाडि रहेको आर्सनललाई सेफिल्डले दोस्रो हाफमा बराबरीमा रोकेको थियो। खेलको ८३ औं मिनेटमा फ्लेकले गोल गर्दै सेफिल्डलाई बराबरीमा ल्याए।

टोटेनहम र वार्टफोर्डको बराबरी

इपिएलकै गएराति भएको अर्को खेलमा टोटेनहम र वार्टफोर्डले गोलरहित बराबरी खेलेका छन्। खेलमा वार्टफोर्डले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसक्दा टोटेनहमसँग बराबरीमा रोकिन पुग्यो। खेलको ७० औं मिनेटमा डिनेले पेनाल्टीमा पाएको अवसर गुमाएका थिए।

म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको पनि बराबरी

गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटी २-२ को बराबरीमा रोकिए। खेलको ३९ मिनेटमा अग्रता पाएको क्रिस्टल प्यालेसले ९० औं मिनेटमा आत्मघाती गोल उपहारमा पाउँदा खेलमा बराबरी गर्न सक्यो। यता म्यानचेस्ट सिटीका लागि दुवै गोल अग्युरोले गरे। उनले खेलको ८२ र ८७ मिनेटमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell