PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा



पहिलोपोस्ट

सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा
तस्विर : रियल मड्रिड/ट्विटर

स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडल् सेभिल्लामाथि जित निकालेको छ। घरेलु टोली मड्रिडले सेभिल्लामाथि २-१ को जित निकालेको हो।

मड्रिडको जितमा कासिमेरोले २ गोलको महत्वपूर्ण योगदान दिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थिए। दोस्रो हाफमा कासिमेरोले मड्रिडलाई अग्रता दिलाए। उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता बनाए। तर, सात मिनेट भित्र सेभिल्लाले खेल बराबरीमा ल्यायो। सेभिल्लाका लागि लुक डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै ६९ औं मिनेटमा कासिमेरोले नै फेरि अर्को गोल थपे जुन खेलका लागि निर्णायक बन्यो।

जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। २० खेल खेलेर १२ जित ७ बराबरी र १ पराजय भोगेको मड्रिडको ४३ अंक छ। उसको निकटतम प्रतिद्वन्दी बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ। १९ खेल खेलेको बार्सिलोनाको ४० अंक छ। त्यस्तै तेस्रो र चौथो स्थानमा एथ्लेटिको मड्रिड र सेभिल्ला छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell