PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

न्यु क्यासलसँग चेल्सी पराजित



पहिलोपोस्ट

न्यु क्यासलसँग चेल्सी पराजित
तस्बिर: चेल्सी/ ट्वीटर

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा न्यु क्यासलसँग चेल्सी पराजित भएको छ। घरेलु टोली न्यु क्यासलले चेल्सीलाई १-० ले हराएको हो।

न्यु क्यासलको जितमा आइज्याक हेइडनले निर्णायक गोल गरे।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रोहाफमा खेलमा गोल हुन सकिरहेको थिएन। खेलको अतिरिक्त समयमा न्यु क्यासलका हेइडनले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

 हारसँगै चेल्सी तालिकाको चौथो स्थानमा छ। न्यु क्यासल भने १२ स्थानमा उक्लिएको छ।

वेस्टह्याम र एभर्टनको बराबरी

गएराति नै भएको अर्को खेलमा वेस्टह्याम र एभर्टन १-१ को बराबरीमा रोकिए। खेलको ४० औं मिनेटमा डियोपको गोलमा वेस्टह्यामले अग्रता बनाएको थियो। तर, त्यसको ४ मिनेट भित्रै एभर्टनले खेल बराबरीमा ल्यायो। एभर्टनका लागि कालभेर्ट लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell