PahiloPost

Feb 18, 2020 | ६ फागुन २०७६

सय वर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास



पहिलोपोस्ट

सय वर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास

  • बीबीसी-

खजाना वा गाडधनको कथाले हामीलाई सँधै तान्छ। खजानाको खोजी, लुटपाट वा कतै गाडिएको लुकाइएको धनका बारेमा कथा सुन्न अझै पनि रमाइलो लाग्छ।

यस्तै एउटा खजानाको सत्य कथा रुसको साइबेरिया क्षेत्रको पनि छ। संसारकै सबैभन्दा गहिरो ताल भनेर चिनिने बैकालमा पर्छ यो क्षेत्र। बैकाल यति टाढा र दूर्गम ठाउँमा छ कि यहाँ पुग्न धेरै कमले मात्र आँट गर्छन्। त्यहाँ एउटा सहर छ- इर्कुटस्क।

कथा रुसमा कम्युनिस्ट क्रान्तिताकाको हो। पहिलो विश्वयुद्धपछि रुपमा बोल्सेविक क्रान्ति भएको थियो। लेनिन र उनका कमान्डर लियोन ट्राटस्कीले रुसका बादशाह जार निकोलस द्वितीयको सेनालाई ठाउँ ठाउँमा परास्त गरिरहेका थिए।

रुसको पश्चिमी क्षेत्रको ठूलो भूभागमा वामपन्थी क्रान्तिकारीहरुले कब्जा जमाएका थिए। त्यसै बेला बादशाह निकोलसका सल्लाहकारले उनलाई आफ्नो सुन, चाँदीलगायतका सम्पत्ति राजधानी सेन्ट पिटर्सवर्गबाट पूर्वी क्षेत्रमा लुकाउन सुझाए। पश्चिममा वामपन्थीहरुको जगजगी बढिरहेका बेला निकोलसलाई सल्लाह राम्रो लाग्यो।

निकोलससँग भएको सुनचाँदी जसको हात पर्थ्यो, उसका लागि जितको बाटो नजिक र सहज हुन्थ्यो। यो खबर वामपन्थीको कानमा पनि पुग्यो। लेनिनले सुन कब्जा लिन आफ्ना कमान्डर ट्रटस्कीलाई कजान पठाए। ट्रटस्कीको फौजले निकोलस समर्थक 'ह्वाइट फोर्स' लाई नियन्त्रणमा लिए। जब ट्रटस्की कजान सहरभित्र छिरे, त्यहाँ सुनचाँदीको अत्तोपत्तो थिएन। सुन पूर्वी क्षेत्रमा पठाइसकिएको थियो।

ट्रटस्कीले अर्को रेलबाट सुनचाँदी लादिएको गाडीलाई पच्छ्याउन थाले। त्यसबेलाको रुस अहिलेको जस्तो थिएन। गाडी होस् या रेल आधारभूत रूपमा मात्र चलिरहेका थिए। अर्थात विकासित भएकै थिएनन्। सामान्य थिए। ट्रटस्कीले निकोलसको सुन-चाँदीलाई महिनौसम्म पच्छ्याइरहे। त्यसैबेला साइबेरिया क्षेत्रमा सुन लादिएको गाडी जारका नयाँ कमान्डर अलेक्जेन्डर कोलचाकले आफ्नो नियन्त्रणमा लिए।

http://bizmandu.com/assets/upload/images/1(190).jpg
उनले सुनचाँदीको गाडीलाई अझै अगाडि पठाइदिए। अब सुनचाँदी बोकेको गाडी रेलमा राखियो, र रेलको गन्तब्य साइबेरियाको इर्कुटस्क सहर थियो। इर्कुटस्क सहर व्यापारिक क्षेत्र पनि हो, जुन बैकाल तालको नजिक पर्छ। आजका दिनमा पनि इर्कुटस्कमा खासै विकास भएको छैन। रातमा बादल लागेर गाढा अँध्यारो हुन्छ नै, बिजुली, पानीजस्ता आधारभूत सुविधा पनि राम्रोसँग पुगेको छैन।

अँ साँची, हामी सुनचाँदी लादिएको रेलको कुरा गर्दै थियौं। सुनचाँदी बोकेको रेल जब इर्कुटस्क सहर पुग्यो त्यहाँ रहेका चेक सैनिकले आफ्नो कब्जामा लिए। चेक सैनिक पहिलो विश्वयुद्धमा रुसको तर्फबाट लड्नका लागि आएका थिए। युद्धका बेला नै रुसमा क्रान्ति भयो। क्रान्तिका कारण चेक सैनिक त्यहीँ अड्किए। तर उनीहरु चाँडै घर फर्कन चाहन्थे। चेक सैनिकले सुन लादिएको ट्रक कोलचाकको कब्जाबाट खोसे। उनीहरुले खोसेको रेल बोल्सेविक लडाकू अर्थात कम्युनिस्ट क्रान्तिकारीहरुलाई जिम्मा लगाएको त्यहाँको इतिहासकारहरू बताउँछन्। सुन लादिएको रेल दिएवापत चेक सैनिकले ट्राटस्कीसँग आफ्नो देश फर्कने स्वीकृति मागेका थिए र त्यो स्वीकृति उनीहरुले पाए पनि। उनीहरु रुसको पूर्वी बन्दरगाह ब्लादिवोस्टोकबाट समुन्द्रको बाटो आफ्नो देश फर्किए।


http://bizmandu.com/assets/upload/images/3(118).jpg
कसैकसैले ट्राटस्कीले निकोलसको पुरै सुनचाँदी आफैंसँग मस्को लिएर गएको पनि बताउँछन्। उनले जारका कमान्डर कोलचाकलाई गोली हानेर हत्या गरे, अनि सुन खोसेर मस्को लगे। तर रुसमा अर्को पनि किम्वदन्ती छ, २०० टन सुन चेक सैनिकले नै लिएर गए।

निकोलसको सुनचाँदी बेपत्ता भएको एकसय वर्ष पूरा भइसकेको छ। शताब्दीभरी नै त्यो सुनका बारेमा आ-आफ्ना अनुमान लगाउने गरिएको छ। वास्तविकतामा भन्दा हल्लामा धेरै विश्वास गर्न थालिएको छ। आज पनि रुसको इर्कुटस्क सहर पुग्न ट्रान्सको साइबेरियन रेलबाट यात्रा गर्नुपर्छ।

हजारौँ किलोमिटर यात्रा गर्नुपर्ने भए पनि रेलमा राम्रो ट्वाइलेट बाथरुमको ब्यवस्था छैन। बीबीसी संवाददाता लिना जेल्डोबिच रुसकै नागरिक हुन्छ। उनको परिवार करिब ३० वर्षअघि अमेरिका बसाइँ सरेका छन्। उनको परिवार कजान क्षेत्रमै बस्थे।

कजानको स्थानीय भएकाले लिना खजानाको कथा सुन्दै हुर्केकी हुन्। उनले एकदिन इर्कुस्ट सहर जाने योजना बनाइन्। ताकी हराएको खजानको कथाका वास्तविकता के हो भनेर थाहा होस्। रेलमा उनले कयौँ यात्रुहरुसँग यस बारेमा कुराकानी पनि गरिन्।

सबैको एउटा भनाइ हुन्थ्यो- कथा साँचो नहुन पनि सक्छ। इतिहासकार सर्जेइ बोल्कोवले आफ्नो किताबमा कोलचाकबाट ट्राटस्कीले सुन लिएर हिँडेको उल्लेख गरेका छन्। लिनाले रेलका यात्रुलाई किताबमा भएको कुरा सुनाउँदा कसैले पनि पत्याएनन्।


http://bizmandu.com/assets/upload/images/5(70).jpg
बरु उल्टो रेलका यात्रुले किताबमा लेखेको सबै कुरा साँचो हुँदैन भनेर लिनालाई सम्झाउन खोजे। लिनाले धेरै स्थानीयसँग पनि कुराकानी गरिन्। कसैले सुन कतै लुकाइएको हुनसक्ने बताए भने कसैले स्थानीयले नै सुन लुटेको हुनसक्ने बताए। कसैले बैकाल तालमा सुन लादिएको गाडी रेलबाट झरेको बताए। ताल यति गहिरो छ कि त्यहाँबाट केही पनि निकाल्न सकिँदैन भन्ने सम्मको किस्सा लिनाले सुनिन्।

हल्लाको पछि नै लिना पनि दौडिइन्। उनी कोइलाको इन्जिनबाट चल्ने पुरानो रेल चढेर बैकाल तालतिर हिँडिन्। यो रेल जसरी हुत्तिँदै दौडिरहेको छ, त्यसरी नै सुन लादिएको रेल कुदेको भए पक्कै पनि तालमै झर्ने थियो। यस्तै यस्तै अनुमान लगाउँदै लिनाले यात्रा जारी राखिन्।

उनले रेल चालकसँग पनि कुरा गरिन्। उनीहरुको भनाइ थियो- चेक सैनिकले ५०० टन सुन पुराका पुरा ट्रटस्कीलाई बुझाएनन्। दुई सय टन सुन पानीजहाजमा राखेर लैजान उनीहरु चाहन्थे। बन्दरगाहासम्म सुन पुर्‍याउन उनीहरुले रेलमा सुन हाले। तर त्यो रेल गन्तब्यसम्म पुगेन भन्ने चालकहरुको अर्को कथा सुनाए। उनीहरुका अनुसार, सुन बैकाल तालमा झर्‍यो। बैकाल ताल वरपर घुम्ने ती रेल आज पनि त्यहाँ दौडन्छन्। आज पनि कोइलाको इन्जिनबाटै रेलका डब्बा सर्छन्।

http://bizmandu.com/assets/upload/images/6(56).jpg
सुनको कथा चलिरहेको थियो। सन् २००९ मा बैकाल तालमा केही गोताखोरहरु डुबेको हुनसक्ने भन्ने रेल खोज्न हामफाले। उनीहरुले रेलको डिब्बा भेट्टाए र त्योसँगै केही चम्किलो 'कुरा' पनि भेट्टाए। तर उनीहरुले चम्किलो कुरालाई ल्याउन भने सकेनन्। किनभने चम्किलो कुरा तालको दलदलमा भाँसिएको थियो, जहाँ हात छिराउन गाह्रो छ।

स्थानीय भन्छन्- बैकाल तालमा जुन कुरा खस्छ त्यसलाई उसले आफ्नो बनाउँछ। कहिले फिर्ता गर्दैन।

चम्किलो कुरा भेटिएको पुष्टि भए पनि त्यो निकाल्न भने त्यसपछि कहिले पनि प्रयास भएको छैन। र, हराएको सुन अहिले पनि कथै बनेर बसेको छ।



सय वर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell