PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी



पहिलोपोस्ट

आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

काठमाडौं : गायिका आस्था राउतविरुद्‍ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो।

त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका हाल कार्यक्रमका लागि सिक्किममा छिन्। उनले विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई 'तँ' सम्बोधन गरेको र हात हालेर दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेकी थिइन्।

उनी काठमाडौं फर्किए लगत्तै प्रहरीले बोलाउने छ वा जिल्ला प्रशासन कार्यालयमार्फत् पक्राउ पुर्जी लिएर पक्राउ गर्नेछ।

अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell