PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बेल्जियमकी राजकुमारी एस्त्रिद नेपालमा, यस्तो छ उनको एक हप्ते भ्रमण योजना



पहिलोपोस्ट

बेल्जियमकी राजकुमारी एस्त्रिद नेपालमा, यस्तो छ उनको एक हप्ते भ्रमण योजना

काठमाडौं : बेल्जियमकी राजकुमारी एस्त्रिद आज नेपाल आउँदै छिन्। बेल्जियमका राजा फिलिपकी बहिनी एक साता लामो भ्रमणका लागि नेपाल आउन लागेकी हुन्। उनी माघ ११ सम्म नेपालमै रहनेछिन्।

भ्रमणका क्रममा एस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेट गर्नेछिन्। त्यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पनि भेटवार्ता रहेको छ।

कैलाली, नवलपरासी, चितवन लगायत ठाउँमा उनको भ्रमण तय भएको छ। कैलालीमा नव निर्मित क्षयरोग निवारण केन्द्र उद्घाटन गर्नेछिन्। त्यहाँका कुष्टरोग एवं क्षयरोग संक्रमितसँग प्रत्यक्ष भेटवार्ता समेत गर्नेछिन्।

नवलपरासीस्थित क्षयरोग एवं कुष्टरोग उपचार केन्द्र मिडप्वाइन्ट अस्पताल पनि पुग्नेछिन्।

यी दुई उपचार केन्द्र राजकुमारी एस्त्रिदको अध्यक्षता रहेको गैर सरकारी संस्था डामियनको सहयोगमा सञ्चालित छन्।

उनको भ्रमणबाट नेपाल र बेल्जियम बीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले व्यक्त गरे। भने,'नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा बेल्जियम राजकुमारीको नेपाल भ्रमणले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास सरकारले लिएको छ।'

५७ वर्षीया एस्त्रिद पूर्व बेल्जियम राजा अल्बर्ट दोस्रोकी छोरी हुन्। सन् १९९८ पछि बेल्जियमबाट हुन लागेको यो पहिलो शाही भ्रमण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell