PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी



पहिलोपोस्ट

आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो।

सांगीतिक कार्यक्रमका लागि सिक्किममा छिन्। पक्राउ पूर्जी जारी भए लगत्तै उनी काठमाडौं फर्किएपछि नियन्त्रणमा लिन प्रहरीले बाटो खुलेको छ। 

'राउत हाल नेपालमा हुनुन्न। उनी नेपाल फर्किए लगत्तै अनुसन्धान तथा कारवाही अघि बढ्छ', महानगरीय प्रहरी परिसर काठमाडौंका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell