PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं प्रशासनमा ज्ञापनपत्र बुझाउन यसरी पुग्यो काँग्रेस, ‘विधेयक नसच्चिए कडा आन्दोलन’

काठमाडौं प्रशासनमा ज्ञापनपत्र बुझाउन यसरी पुग्यो काँग्रेस, ‘विधेयक नसच्चिए कडा आन्दोलन’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधिविधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो। 

काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ। नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले लोततन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए। कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने चेतावनी उनले दिए।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सैजुले कुनै कुनै माध्यमबाट तत्काल नै गृहमन्त्रालयमा पठाउने बताए। संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ। 



ट्रेन्डिङ पोस्ट

Ncell