_(1).jpg)
काठमाडौं : ‘आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०२०’ मा आइतवार एपिएफ र सेनाको टिएसी महिलातर्फ सेमिफाइनल प्रवेश गरेका छन्।
एपिएफले समूह ‘ए’ को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३-० को सोझो सेटमा पराजित गर्यो। अन्तिम चारको यात्रा तय गर्न एपिएफले बिएमसीलाई २५-११, २५-१२ र २५-१६ ले पराजित गरेको थियो। योसँगै एपिएफको ६ अंक भएको छ। यसअघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो।
यस्तै सेनाको टिएसीले पनि सेमिफाइनलमा स्थान बनाएको छ। आर्मीलेले जेभिसीलाई २५-११, २५-५, २५-११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो। आर्मीले शनिवार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो। समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपिएफ र सेनाबीचको प्रतिस्पर्धाबाट हुनेछ।