PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

सुर्ती गोदाममा प्रहरीको छापा, एक ट्रकभन्दा धेरै बरामद



पहिलोपोस्ट

सुर्ती गोदाममा प्रहरीको छापा, एक ट्रकभन्दा धेरै बरामद

काठमाडौं : प्रहरीले सुर्तीजन्य पदार्थ भण्डार गर्ने स्थानमा छापा मारेको छ।

आइतवार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका तीन स्थानमा छापा मारेको हो। भन्सार छलेर ल्याइएका एक ट्रक भन्दा बढी सुर्तीजन्य पदार्थ बरामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

'हामीले भन्सार छलेर ल्याएका सुर्तीजन्य पदार्थ बरामद गरेका छौं। थप अनुसन्धान भइरहेको छ,' एसएसपी थापाले भने।

प्रहरीले सुन्धारा, पशुपति क्षेत्र र कालिमाटीमा रहेका सुर्तीजन्य पदार्थको गोदाममा छापा मारेको थियो। प्रहरीले भन्सार छलेर ल्याउने मानिसलाई अहिलेसम्म नियन्त्रणमा नलिएको जानकारी दिएको छ। 'अहिलेसम्म नियन्त्रणमा लिएका छैनौं। अनुसन्धान भइरहेको छ। खोजी हुन्छ,' एसएसपी थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell