PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वीरगंजमा मनाइयो ‘बलिदानी दिवस’, शहीद परिवारलाई २५ हजार सहयोग



राधेश्याम पटेल

वीरगंजमा मनाइयो ‘बलिदानी दिवस’, शहीद परिवारलाई २५ हजार सहयोग

वीरगंज : प्रदेश नम्बर २ सरकारले आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच वीरगंजमा मनाएको छ। वीरगंजको नगर सभागृहमा विशेष समारोह गरी शहीदहरुलाई श्रद्धासुमन अर्पण गरिएको हो।

सो अवसरमा शहीद परिवारलाई जनही २५ हजार नगद सहयोग गरिएको समाजवादी पार्टीका संघीय परिषद् सदस्य सलाउद्दीन अहमदले जानकारी दिए।

२०६३ साल माघ ५ गते पहिलो मधेस आन्दोलनको बेला सप्तरीमा रमेश महतोको मृत्यु भएको थियो। सोही दिनको सम्झनामा मधेसमा दुई वर्षदेखि बलिदानी दिवस मनाउने गरिएको छ।

मधेसी जनताले आफ्नो हकअधिकार सुनिश्चित गराउन २०६३, २०६४, २०७३ र २०७४ गरी चार पटक मधेस आन्दोलन गरिसकेका छन्। प्रदेश सरकारको तथ्यांक अनुसार पहिलो मधेस आन्दोलनमा ५४, दोस्रोमा ५६ र ०७३ सालको तेस्रोमा पाँच तथा २०७४ सालको चौथो आन्दोलनमा दुई गरी कुल १ सय १७ जनाको मृत्यु भइसकेको छ।

प्रदेश सरकारले नगरसभा गृहमा आयोजना गर्ने कार्यक्रममा मधेसवादी दलका समाजवादी पार्टी र राजपा नेपालका शीर्ष नेताहरुले सम्बोधन गरे। कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका पूर्वअध्यक्ष महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललगायतले सम्बोधन गरे। दिउँसो २ बजेदेखि शुरु भएको कार्यक्रम साँझ ५ बजे सम्म चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell