PahiloPost

Jan 2, 2026 | १८ पुष २०८२

रवि लामिछाने निर्दोष ठहर, चितवन जिल्ला अदालतले दियो सफाई



पहिलोपोस्ट

रवि लामिछाने निर्दोष ठहर, चितवन जिल्ला अदालतले दियो सफाई

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष ठहरिएका छन्। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेको हो।

न्यायाधीश हेमन्त रावलको इजलाशले उनलाई निर्दोष ठहर्‍याएको हो।

दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो।

जिल्ला अदालत चितवनका न्यायाधीश रावलकै इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा साधारण तारिकम रिहा हुन उजुरी समेत दिएका थिए।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell