PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने नेकपाको निर्णय



पहिलोपोस्ट

अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने नेकपाको निर्णय
पूर्वमन्त्री अग्नि सापकोटा (फाइल फोटो)।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वमन्त्रीसमेत रहेका अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ।

आज बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो। सचिवालय बैठकबाट सर्वसम्मत रुपमा सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय भएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए।

सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान सापकोटालाई सभामुख बनाउने सहमति भएपछि साँझ सचिवालय बैठक बोलाइएको थियो।

नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाएसँगै सोमवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालन हुने भएको छ। यद्यपी उपसभामुख तुम्बाहाङ्फेले यसअघि राजीनामा दिन सचिवालयले दिएको निर्देशन अस्वीकार गर्दै आएकी छिन्। उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने अपेक्षा गरिएको महासचिव पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell