PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

सभामुखका उम्मेद्वार सापकोटा प्रधानमन्त्री भेट्न बालुवाटारमा



पहिलोपोस्ट

सभामुखका उम्मेद्वार सापकोटा प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं : केही समयअघि मात्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वार बनाएका अग्नि सापकोटा बालुवाटार पुगेका छन्। सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

आज बसेको नेकपा सचिवालय बैठकले पूर्वमन्त्री समेत रहेका सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान सापकोटालाई सभामुख बनाउने सहमति भएपछि साँझ सचिवालय बैठक बोलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell