PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश सरकारलाई संघीय सांसदको कटाक्ष : शहीद परिवारलाई ५० लाख दिने बाचा गरेर २५ हजार मात्रै?



राधेश्याम पटेल

प्रदेश सरकारलाई संघीय सांसदको कटाक्ष : शहीद परिवारलाई ५० लाख दिने बाचा गरेर २५ हजार मात्रै?
बलिदानी दिवसका अवसरमा शहीद परिवारलाई राहत रकम दिँदै मुख्यमन्त्री लालबाबु राउत।

वीरगंज : मेचीदेखि महाकालीसम्मका मधेसीहरुलाई जोड्ने काम अझै बाँकी रहेको समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन्। प्रदेश २ सरकारले वीरगंजमा आयोजना गरेको ‘बालिदानी दिवस’ कार्यक्रममा अध्यक्ष यादवले देशमा रहेका आदीवासी, जनजाती, दलित, उत्पीडीतलाई संगठित गरी राष्ट्रिय मुक्तिको लागि आन्दोलन गर्न तयार रहन कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए।

विगतमा मेचीदेखि महाकालीसम्म रहेका मधेसी, थारुहरुले अधिकारको लागी मधेस आन्दोलन गरेको तर उनीहरु अहिले पनि आफनो भूमिमा दासत्वको जीवन बिताइ रहेकोले उनीहरुको बारेमा सोच्ने बेला आएको उनले धारणा राखे। शहीदहरुको बलिदानीका कारण संसारनै परिर्वत भएको भन्दै उनले मधेसी शहीदको कारण देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र तथा समावेशीता आएको बताए।

‘नेपालमा संघीयता आए पनि अपाङ्ग छ, त्यसको उपचार विधिबाट बलियो बनाउँदै जानु पर्छ,’ उनले भने।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीदको बालिदानीले आएको संघीयतामा पाएको अधिकारलाई सुरक्षित गर्दै बाँकी अधिकारको लागी लडिरहने बताए। उनले मधेसी शहीदहरुको बलिदानीलाई प्रदेश सरकारले सदैब कदर गरिरहने स्पष्ट पारे। आन्दोलनको क्रममा घाइते, अपाङ्ग भएकालाई पनि प्रदेश सरकारले योजना बनाई व्यवस्थापन गर्ने उनले आश्वासन दिए।

शहीदहरुको योगदानको कारण मधेस सरकार बनेको तथा आफ्नो शासन, प्रशासन, प्रहरी पाएको चर्चा गर्दै मुख्यमन्त्री राउतले शहीदको योगदानलाई प्रदेश सरकारले कदापी नबिर्सिने समेत बताए।

त्यस्तै भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलले नेपालमा २००९ सालमा राणा शासनविरुद्ध तराई कांग्रेस तथा बामपन्थी आन्दोलन हुँदै आएको तर सो समयमा मधेसीले गरेको आन्दोलनका कारण देशमा ठूलो परिर्वतन आएको जिकिर गरे।

संघीय सांसद प्रदिप यादवले शहीदको भवनाप्रति प्रदेश सरकारले खेलवाड गरिरहेको अरोप लगाए। अहिलेसम्म खुल्ला ठाउँमा मनाउँदै आइएको ‘बलिदानी दिवस’ बन्द कोठामा मनाउनुमा प्रदेश सरकार दोषी रहेको उनले बताए। उनले शहिद, घाइते, अपांगहरुलाई राहत स्वरुप ठूला नेताहरुले विगतमा गरेको घोषणा अनुसार ५० लाख, घाइते अपांगलाई रोजगारी, पुनर्वासको लागी घरलगायतको सुविधा प्रदेश सरकारले व्यवस्था गर्नु पर्ने माग राखे।

कार्यक्रममा शहीदका परिवारलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell