PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

घुस लिएको अभियोगमा सबइञ्जिनियरविरुद्ध मुद्दा दायर



रासस

घुस लिएको अभियोगमा सबइञ्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनियर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले नेपाल सरकारलाई गैरकानुनी रुपमा हानि पुर्‍याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनियर थमन योगी, असिस्टेन्ट सवइञ्जिनियर तोरणबहादुर विष्टलाई ७७ हजार ७७५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ।

आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले विष्णुपुर सशस्त्र प्रहरी बेसक्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ। घरायसी मालसामान आयातमा सहज गरिदिने भन्दै हवल्दार चौधरीले सेवाग्राहीसँग छ हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell