PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

वीरगंज बसपार्कका विभिन्न होटलमा प्रहरीको छापा, ११ जना पक्राउ



राधेश्याम पटेल

वीरगंज बसपार्कका विभिन्न होटलमा प्रहरीको छापा, ११ जना पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न रहेको अशंकामा मानिसहरुलाई पक्राउ गर्दै प्रहरी।

वीरगंज : पर्सा प्रहरीले वीरगंजका विभिन्न होटलमा छापा मारेको छ। सो क्रममा प्रहरीले अनैतिक काममा संलग्न रहेको अशंकामा ११ जनालाई पक्राउ समेत गरेको छ।

स्थानीयको गुनासोपछि वीरगंजको नयाँ बासपार्कदेखि प्रतिमा चोकसम्मका विभिन्न होटल तथा नास्ता पसलमा प्रहरीले छापा मारेको हो। होटलबाट ९ जना महिला र दुई जना पुरुषलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए।

‘चिया पसलको नाममा अनैतिक धन्दा हुँदैछ भनी स्थानीयले गुनासो गरेका थिए, त्यसकै अप्रेसनमा विभिन्न पसलमा छापा हानेर उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक साहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell