PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुलको अपराजित यात्रा कायमै, शीर्षस्थानमा १६ अंकको अग्रता



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुलको अपराजित यात्रा कायमै, शीर्षस्थानमा १६ अंकको अग्रता

इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई २-० गोलअन्तरले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो।

लिभरपुलको जितमा भान डाइक र मोहम्मद सलाहले १-१ गोल गरे।

खेलको १४ औं मिनेटमै भान डाइकको गोलमा लिभरपुलले अग्रता लिएको थियो। अलेक्जेन्जर आर्नोल्डले कर्नरबाट प्रहार गरेको बललाई हेडिङ मार्फत गोल गर्दै डाइकले लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको २५ औं मिनेटमा पनि फर्मिनोले गोल गरे पनि त्यसलाई भिएआरलले रद्ध गरिदिएको थियो। पहिलो हाफमा लिभरपुल १-० ले अगाडी रह्यो। दोस्रो हाफमा खेल अझ प्रतिस्पर्धात्मक बने पनि दुवैतर्फबाट गोल हुन सकिरहेको थिएन। खेलको इन्ज्युरी समयमा लिभरपुलका मोहम्मद सलाहले गोल गरे। उनको गोलसँगै लिभरपुल शीर्षस्थानमा १६ अंकको अग्रता बनाउन सफल रह्यो।

१६ अंकको अग्रता

जारी सिजन अपराजित रहेको लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा छ। २२ खेल खेलेर २१ जित र १ बराबरी खेलेको लिभरपुलको ६४ अंक छ। जबकी दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४८ अंक छ। शनिवार बेलुकी भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो। र, गएरातिको खेलमा लिभरपुलले जित निकालेसँगै शीर्ष २ टिमको अंकदुरी अझ बढेको होर

तालिकाको तेस्रो स्थानमा ४५ अंकसहित लेस्टर सिटी रहेको छ भने चौथो स्थानमा ३९ अंकसहित चेल्सी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell