PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

मेस्सीको गोलमा बार्सिलोनाको जित, शीर्षस्थानमा हिजो रियल, आज बार्सिलोना



पहिलोपोस्ट

मेस्सीको गोलमा बार्सिलोनाको जित, शीर्षस्थानमा हिजो रियल, आज बार्सिलोना

स्पेनिस लिग ला लिगा अन्तर्गत गएराति भएको खेलमा साविक विजेता बार्सिलोनाले ग्रानाडामाथि जित निकालेको छ। घरेलु टोली बार्सिलोनाले ग्रानडामाथि एक गोलको संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा जर्मन साञ्जे बाराहोना रातो कार्ड खाँदै बाहिरिएपछि ग्रानडा १० खेलाडीमा सिमित हुन पुगेको थियो। ६९औँ मिनेटमा बार्सिलोनाका लियोनेल मेस्सीलाई खराब ट्याकल गरेका कारण रातो कार्ड पाएका थिए।

खेलको ७६ औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो। र, त्यही अग्रता बार्सिलोनाका जितका लागि निर्णायक बन्यो।

हिजो रियल आज बार्सिलोना

जारी सिजन अंकतालिकामा रियल मड्रिड र बार्सिलोना शीर्षस्थानका लागि संघर्ष गरिरहेका छन्। शनिबार बेलुका भएको खेलमा सेभिल्लालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको थियो। फेरि गएराति भएको खेलमा जित निकाल्दै बार्सिलोना अघि सरेको छ।

अंकतालिकामा दुवै टिमको समान ४३ अंक छ। २० खेल खेलेको बार्सिलोनाले १३ जित ४ बराबरी र ३ हार ब्यहोरेको छ भने रियलले त्यति नै खेल खेल्दै १२ जित ७ बराबरी र १ हार ब्यहोरेको छ। रियलभन्दा गोलअन्तरका आधारमा मात्र बार्सिलोना अगाडि छ।

तालिकाको तेस्रो र चौथो स्थानमा रहेका एथ्लेटिको मड्रिड र सेभिल्लाको पनि ३५/३५ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell