PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शहीद स्मारक लिगमा आज दुई खेल : आर्मीको दाउ शीर्ष स्थानमा



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : आर्मीको दाउ शीर्ष स्थानमा
फाइल फोटो: एन्फा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा ब्रिगेड ब्याइज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टोली त्रिभुव आर्मी क्लब खेल्नेछन्।

आजको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्पेक्सको मैदानमा १२ बजे सुरु हुनेछ। यसअघि यो खेल दशरथ रंगशालामा हुने भनिएको भए पनि एन्फा यो खेल स्थानन्तरण गरेको हो।

संकटा क्लब तालिकाको आठौँ स्थानमा छ। ६ खेल खेलेको संकटाले २ जित, २ हार र २ बराबरी खेल्दै ८ अंक जोडेको छ। आजको खेल जितेको खण्डमा संकटाको चौथो स्थानसम्म उक्लने सम्भावना रहन्छ।

अर्कोतर्फ १० औँ स्थानमा रहेको बिबिसीको ७ अंक छ। आजको खेलमा जित निकाल्दै सातौँ स्थानमा उक्लने दाउमा बिबिसी रहनेछ।

आर्मीलाई च्यासलको चुनौती

आजै हुने दोस्रो खेलमा लिग लिडर त्रिभुवन आर्मी क्लबलाई च्यासलको चुनौती रहनेछ।

१३ अंकसहित लिग लिड गरिरहेको आर्मीको लक्ष्य आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा अंक दुरी बढाउने हुनेछ। शीर्ष तीनमा रहेका त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लबको समान १३ अंक छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा आर्मीले १६ अंक बनाउँदै शीर्ष स्थानमा सुरक्षित गर्नेछ।

अर्कोतर्फ च्यासल युथ क्लब ६ खेलमा १ जित २ हार र ३ बराबरी खेल्दै तालिकाको १२ औँ स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा सातौँ स्थानसम्म उक्लने सम्भावना रहन्छ।

३ बजे हुने आर्मी र च्यासलको खेल दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell