PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभामुख चयन प्रक्रिया अघि बढ्दै, ज्येष्ठ सदस्यको शपथका लागि उपसभामुखको राजीनामा कुर्दै सचिवालय



कुञ्जरमणि भट्टराई

सभामुख चयन प्रक्रिया अघि बढ्दै, ज्येष्ठ सदस्यको शपथका लागि उपसभामुखको राजीनामा कुर्दै सचिवालय

काठमाडौँः प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया आजदेखि अघि बढ्ने भएको छ। सचिवालयले राजनीतिक परामर्शपछि तालिका तय गर्दैछ।

राजनीतिक दलहरुले आग्रह गरेमा माघ ८ गते नै सभामुख निर्वाचन गराउने तयारी सचिवालयको छ। सोभन्दा पछि सारिएमा माघ १० मा निर्वाचन हुनेछ। माघ ९ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनका कारण सोभन्दा पछि नै निर्वाचन गराउने तयारी दलहरुको छ। 

सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

राजीनामा कुर्दै सचिवालय
सभामुख चयनको कार्यक्रम अघि बढाउन सोमबारको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने दलहरुबीचमा समझदारी छ। तर, अहिलेसम्म उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा नआएका कारण ज्येष्ठ सदस्यको शपथबारे सचिवालयले कुनै निर्णय गरेको छैन। 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर हुन्। बैठक सञ्चालनअघि ठाकुरले शपथ लिनुपर्ने राय सचिवालयको छ। 

‘अहिलेसम्म राजीनामा नआएका कारण ज्येष्ठको विकल्पमा हामीले सोच्ने कुरा भएन। राजीनामा आएमा तयारी अवस्थामा रहन हामीले ज्येष्ठ सदस्यलाई आग्रह भने गरिसकेका छौँ’ संसद् सचिवालय स्रोतले भन्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell