PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रोहितको शतकमा अस्ट्रेलियामाथि भारतको जित, सिरिज २-१ ले भारतलाई



पहिलोपोस्ट

रोहितको शतकमा अस्ट्रेलियामाथि भारतको जित, सिरिज २-१ ले भारतलाई

भारतले अस्ट्रेलिया विरुद्धको एकदिवसिय सिरिज जितेको छ। आइतवार बेङ्लोरमा भएको अन्तिम खेलमा ७ विकेटको जित हात पारेसँगै भारतले सिरिजमा जित हात पार्‍यो। सिरिज भारतले २-१ ले जितेको हो।

आइतवार भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले १ सय ३१ रनको शतकीय पारी खेलेका थिए भने मार्नुसले ५४ रनको अर्धशतकीय पारी खेल्दा अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २ सय ८६ बनाएको थियो। उता भारतका लागि मोहम्मद सामीले ४ विकेट लिँदा रविन्द्र जडेजाले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि रोहित शर्माले १ सय १९ रन, विराट कोहलीले ८९ रन र श्रेयस ऐयरले अभिजित ४४ रन बनाउँदा ३ विकेट गुमाउँदै ४७ दशमलव ३ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले १० विकेटको फराकिलो अन्तरले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell