PahiloPost

Feb 18, 2020 | ६ फागुन २०७६

आफैँले संचालन गरेको संसद बैठकबाट शिवमायाले भनिन् : म मार्ग प्रशस्त गर्छु



पहिलोपोस्ट

आफैँले संचालन गरेको संसद बैठकबाट शिवमायाले भनिन् : म मार्ग प्रशस्त गर्छु
फाइल फोटो।

काठमाडौं : लामो समयको राजनीतिक खिचातानीपछि अन्तत: उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्।

'मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु,' संसदमा उप सभामुख तुम्बाहाङ्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्। 

यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको छ। महरा अहिले जेलमा नै छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले नयाँ सभामुख चयनका लागि उप सभामुख तुम्बाहाङ्फेलाई यसअघि नै राजीनामा दिन निर्देशन दिइसकेको थियो।

सभामुखको दावेदारसमेत रहेकी तुम्बाहाङ्फेले उपसभामुख हुँदा पार्टी सदस्यता त्याग गरेको तर्क अघि सार्दै राजीनामा दिइनन्। सभामुखको उम्मेदवार तय भए पछिमात्र राजीनामा दिने उनको तर्क थियो। हिजोमात्र नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख उम्मेदवार छान्ने तय गरेको थियो।

आज आफैँले संचालन गरेको संसद बैठकमा शिवमायाले राजीनामा दिने जनाएकी हुन्।

संसदको अर्को बैठक आजै दिउँसो ४ बजेलाई डाकिएको छ।



आफैँले संचालन गरेको संसद बैठकबाट शिवमायाले भनिन् : म मार्ग प्रशस्त गर्छु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell