PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शहीद स्मारक लिग : ब्रिगेड ब्वाइज र संकटा बराबरीमा रोकिए



पहिलोपोस्ट

शहीद स्मारक लिग : ब्रिगेड ब्वाइज र संकटा बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो। खेलको ३५ औं मिनेटमा ब्रिगेड ब्वाइजका विजय गुरुङले उत्कृष्ट प्रहार गरे पनि संकटाका गोल किपरले बचाउ गरे। त्यस्तै संकटाका मासौकेले ७५ औं मिनेटमा पोस्ट नजिकै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।

बराबरी खेलेसँगै संकटा क्लब ९ अंक जोड्दै आठौं स्थानमा यथावत छ भने ८ अंक बनाएको ब्रिगेड ब्वाइज नवौं स्थानमा उक्लिएको छ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्दै छन्। दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell