PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

प्रहरीले जफत गरेको सुर्तीजन्य पदार्थ ५० लाख भन्दा बढीको!



पहिलोपोस्ट

प्रहरीले जफत गरेको सुर्तीजन्य पदार्थ ५० लाख भन्दा बढीको!

काठमाडौं : दुई भारतीय र एक नेपालीले अवैध रुपमा तस्करी गरी भित्र्याएको सुर्तीजन्य पदार्थ ५० लाख रुपैयाँ भन्दा धेरैको भएको प्रहरीले जनाएको छ।

खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध पैठारी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखका एसपी मुकेशकुमार सिंहका अनुसार एउटा सिंगो घर नै भाडामा लिएर उनीहरुले अवैध रुपमा भित्र्याएको सुर्तीजन्य पदार्थ भण्डारण गर्दै आएका थिए।

भन्सार छलेर अवैध पैठारी गर्ने तीन जनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार पक्राउ पर्नेहरुमा भारतको मोतिहरी जिल्ला पूर्वी चम्पारण चैनपुर घर भई हाल सुन्धारा बस्ने २७ वर्षीय मोहमद आदिल हुसेन, भारतकै छपरा जिल्ला जजौली घर भई हाल गौरीघाट बस्ने ४५ वर्षीय उदय भनिने शरण कुमार सिंह र नुवाकोटको लिखु गाउँपालिका ३ स्थायी ठेगाना भई हाल खुमल्टार बस्ने ३० वर्षीय नारायण बोगटी रहेका छन्।

उनीहरुलाई प्रहरीले विभिन्न ब्राण्डका सुर्ती, गुड्खा तथा पान मसलाको साथमा नियन्त्रण गरेको थियो।

अवैध कारोबार गर्न दुई वटा समूह सक्रिय रहेको प्रहरीको दावी छ। एउटा समूहले नेपाल सीमासम्म अवैध रुपमा यस्ता सामग्री ल्याउने र अर्को समूहले काठमाडौंसम्म ल्याउने गरेको प्रहरीले जनाएको छ।

नेपाल भित्र्याएपछि रात्री बसहरुमा साना साना पोक बनाएर उनीहरुले तस्करी गरेका सुर्तीजन्य पदार्थ काठमाडौं भित्र्याउने गरेका थिए। काठमाडौं ल्याएपछि पुन: संकलन गरेर गोदाममा राख्दै आएका थिए। प्रहरीले त्यही गोदाममा छापा मारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell