PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

राजीनामा दिँदै शिवमायाले भनिन् : दलसँग सहकार्य गर्नुपर्छ भन्ने बिर्सिएकी थिइनँ



पहिलोपोस्ट

राजीनामा दिँदै शिवमायाले भनिन् : दलसँग सहकार्य गर्नुपर्छ भन्ने बिर्सिएकी थिइनँ

काठमाडौं : पार्टीले राजीनामा गर्न दिएको निर्देशनलाई लत्याएकी प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अन्तत: पदबाट राजीनामा दिएकी छन्।

प्रतिनिधि सभाको आजको बैठक सञ्चालनपछि पत्रकार सम्मेलन गरेकी तुम्बाहाङ्फेले दलले दिएको निर्देशन नमाने पनि दलसँग सहकार्य गरेर अघि बढेको बताइन्।

उनले भनिन्, ‘मैले पार्टीको निर्देशन मान्दिनँ भनेकी थिएँ तर दलीय व्यवस्थामा दलसँग सहकार्य गर्नुपर्छ भन्ने मैले बिर्सिएकी छैन।'

आफूले संविधान अनुसार काम गरेको तुम्बाहाङ्फेले दावी गरिन्।

यसअघि आजैको प्रतिनिधि सभाको बैठकमा उनले मार्ग प्रशस्त गर्ने बताएकी थिइन्।

सभामुख पद लामो समयदेखि खाली रहेपछि नेपाल कम्युनिस्ट पार्टीले फेरि पनि आफ्नै दलको सभामुख बनाउन उनलाई राजीनामा दिन दवाब दिएको थियो।

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell