PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले लिए दुई विकेट



पहिलोपोस्ट

सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले लिए दुई विकेट
नेपाली स्पिनर सन्दीप लामिछाने। (फाइल फोटो)

काठमाडौं : अस्ट्रेलियाको सिड्नीमा जारी बिग ब्यास लिग अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिएका छन्।

मेलबर्न स्टार्समा आवद्ध सन्दीपले ३ ओभर बलिङ गर्दै ३८ रन खर्चेर दुई विकेट लिएका हुन्। उनले ड्यानियल हग्स र जोस फिलिपलाई पेबिलियन फर्काए। 

खेल वर्षाका कारण केही समय रोकिएको थियो। वर्षा रोकिएपछि पुनः सञ्चालन भएको खेल १४ ओभरमा छोट्याइएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १४३ रन बनायो। सिड्नीका लागि मोइसेस हेन्रिक्सले सर्वाधिक ७२ रन बनाए। त्यस्तै जेम्स भिन्सले ४१ रन जोडे।

मेलबर्नका लागि सन्दीपले दुई तथा ड्यानियल वारेलले एक विकेट लिए।

मेलबर्नले यतिबेला जवाफी ब्याटिङ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell