A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8e5e4b7b0ae2.48357511): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8e5e4b7b0ae2.48357511,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सिड्नी सिक्सर्ससँग मेलबर्न स्टार्स पराजित
PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सिड्नी सिक्सर्ससँग मेलबर्न स्टार्स पराजित



पहिलोपोस्ट

सिड्नी सिक्सर्ससँग मेलबर्न स्टार्स पराजित
मेलबर्न स्टार्सविरुद्ध ब्याटिङ गर्दै सिड्नी सिक्सर्सका ब्याट्सम्यान जेम्स भिन्स। फोटो : बिग ब्यास/ट्विटर

काठमाडौं : अस्ट्रेलियाको सिड्नीमा जारी बिग ब्यास लिग अन्तर्गत आज भएको खेलमा सिड्नी सिक्सर्सले मेलबर्न स्टार्सलाई हराएको छ। सिक्सर्सले स्टार्सलाई २१ रनले पराजित गरेको हो।

सिक्सर्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।

स्टार्सका लागि मार्कस स्टोइनसले सर्वाधिक ६२ रन बनाए। त्यस्तै हिल्टन कार्टराइटले २१ र निक म्याडिन्सनले १६ रन जोडे।

सिक्सर्सका लागि बेन ड्वार्स्विस र टोम कुरानले समान २ तथा नाथन लायोनले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिक्सर्सले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १४३ रन बनायो। सिक्सर्सका लागि मोइसेस हेन्रिक्सले सर्वाधिक ७२ रन बनाए। त्यस्तै जेम्स भिन्सले ४१ रन जोडे।

सिक्सर्सविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिएका छन्।

स्टार्समा आवद्ध सन्दीपले ३ ओभर बलिङ गर्दै ३८ रन खर्चेर दुई विकेट लिएका हुन्। उनले ड्यानियल हग्स र जोस फिलिपलाई पेबिलियन फर्काए। त्यसबाहेक ड्यानियल वारेलले एक विकेट लिए।

खेल वर्षाका कारण केही समय रोकिएको थियो। वर्षा रोकिएपछि पुनः सञ्चालन भएको खेल १४ ओभरमा छोट्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell