PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गलबन्दीमा झुण्डिएको अवस्थामा स्वास्थ्य चौकीका कार्यालय सहयोगी मृत फेला



पी बी खड्का

गलबन्दीमा झुण्डिएको अवस्थामा स्वास्थ्य चौकीका कार्यालय सहयोगी मृत फेला

सुर्खेत : दैलेखको भैरवी गाउँपालिका-४ स्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत फेला परेका छन्। सोमवार कार्यालयको कामकाज सकेर फर्किएका थापा घरमै मृत फेला परेका हुन्।

३८ वर्षीय थापा गलबन्दीको पासो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर थापाले जानकारी दिए।

‘श्रीमती बिहानै माइत गएकी हुन् रे, श्रीमान् प्रायः जाँडरक्सी खान्थे रे, गोठमा झुण्डिएको अवस्थामा छोराले देखेपछि गलबन्दी काटे छन् र मरिसकेपछि प्रहरीलाई खवर भएको हो,’ उनले भने।

घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell