PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई



अनन्तराज न्यौपाने

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई

विराटनगर : प्रदेश नम्बर १ को सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तमकुमार भट्टराईलाई सिफारिस गरेको छ।

त्यस्तै प्रदेश सरकारले आयोगको सदस्यमा टीकादत्त राई र सजना दाहाललाई सिफारिस गरेको छ। तीन जनाकै सिफारिसलाई प्रदेश प्रमुखले स्विकृति प्रदान गर्नुपर्नेछ।

सिफारिस भएका अध्यक्ष खोटाङ निवासी हुन्। त्यस्तै सदस्य राई प्रदेश १ को कृषि मन्त्रालयका सचिव हुन् भने दाहाल साहित्यकार हुन्। साहित्यका क्षेत्रमा उनी ‘सीमा आभास’का नामले चर्चित छिन्। उनी कांग्रेसको कोटाबाट नियुक्त भएकी हुन्।

प्रदेश लोकसेवा आयोगको सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell