
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका-१ मा गएराति मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ।
दुर्घटनामा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका-१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। रासस