PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

सभामुखको मनोनयन आज : नेकपाबाट सापकोटा, आन्तरिक परामर्शमा कांग्रेस



पहिलोपोस्ट

सभामुखको मनोनयन आज : नेकपाबाट सापकोटा, आन्तरिक परामर्शमा कांग्रेस

काठमाडौं : प्रतिनिधिसभा सभामुख चयनका लागि आज मनोनयन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। मंगलवार नै दिउँसो उम्मेद्वारको नामावली सार्वजनिक हुनेछ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ। सत्तारुढ दलले सभामुखमा सापकोटालाई निर्विरोध बनाउने परामर्श पनि गरिरहेको छ। प्रमुख प्रतिपक्ष दललाई सभामुखमा उम्मेद्वार नदिन पनि सत्तारुढ दलको आग्रह छ।

तर, प्रतिपक्ष दल कांग्रेसले उम्मेद्वारबारे निर्णय लिइसकेको छैन। कांग्रेसले मंगलवार संसदीय दलको बैठक पनि बोलाएको छ।

सभामुख सत्तारुढ दलले नछाड्ने निर्णय गरेपछि कांग्रेसले उपसभामुखमा दावी रहेको बताउँदै आएको छ। तर, औपचारिक रुपमा दलहरुबीचमा सहमति भइसकेको छैन। उपसभामुखको भागबन्डा मिलेमा कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने तर दलीय सहमति नभएमा दुबै पदमा उम्मेद्वारी दिने तयारी रहेको कांग्रेसका एक नेताको दावी छ।

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको सहमतिपछि उपसभामुख राजपालाई दिने नेकपाको तयारी रहेको पनि चर्चा हुने गरेको छ। तर, उक्त विषयमा दुई दलको सहमति मौन छ। तर, पार्टी निकट स्रोतहरुका अनुसार नेकपाले उपसभामुख कांग्रेसभन्दा अन्य दललाई दिन चाहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell